मिति : २०८२ भाद्र २६
प्रेस विज्ञप्ती
देशमा पछिल्लो विकसित घटनाक्रमले सबैलाई स्तब्ध तुल्याएको छ । विद्यमान भ्रष्टाचारको अन्त्य, सामाजिक अन्याय, बेथिति विरुद्ध र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सुरु गरिएको Gen-Z आन्दोलनका नाममा भएको प्रदर्शनका क्रममा युवाहरूले ज्यान गुमाउनुका साथै सयौँ घाइते हुनु परेको अत्यन्त दुःखद घटनाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुरालाई गहिरो मर्माहित बनाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माहरूको चिरशान्तिको प्रार्थना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौँ ।
आन्दोलनका क्रममा देखिएका गतिविधिहरूले मुलुकमा अपूरणीय क्षति पु¥याएको स्पष्ट छ । जनताको घरधुरी, पसल, उद्योग, सरकारी तथा सार्वजनिक सम्पत्तिहरू तोडफोड र आगजनी हुनु, सिंहदरबार, सर्वाेच्च अदालत र संसद भवनमा रहेका महत्वपूर्ण अभिलेख तथा कागजात नष्ट हुनु, संवैधानिक निकायदेखि सर्वसाधारणको निजी सम्पत्तिसम्म क्षति पु¥याइनु लोकतान्त्रिक मुलुकका लागि अत्यन्त पीडादायी र चिन्ताजनक विषय हो ।
युवापुस्तामा रहेको असन्तुष्टिले आन्दोलनको स्वरुप लिदै गर्दा आन्दोलनकै नाममा केही शक्ति–केन्द्रहरूले दुष्प्रचार फैलाउनु र घटनालाई हिंसात्मक दिशातर्फ धकेलिनुले राष्ट्रिय अखण्डता र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ । आन्दोलनको प्रारम्भिक उद्देश्य र पछिल्लो हिंसात्मक प्रवृत्तिबीचको विरोधाभास लोकतान्त्रिक मूल्य र पद्धतिसँग मेल नखाने कुरा स्पष्ट छ । सरकारको असफलता विरुद्ध राजनीतिक दबाब दिनु लोकतान्त्रिक अधिकार भए तापनि, हिंसा, तोडफोड र द्वन्द्वलाई कुनै हालतमा औचित्य दिन सकिन्न भन्नेमा नेपाली कांग्रेस डडेल्धुरा दृढ रहेको छ ।
यसैबीच, पार्टी सभापति शेरबहादुर देउवाज्यू र डा. आरजु राणf देउवा ज्यू लगायतका नेताहरुप्रति भौतिक आक्रमण र जुन अमानविय अलोकतान्त्रिक घिनौनो कार्य भयो त्यो अक्षम्य र घोर निन्दनीय छ । घाइते अवस्थामा रहेका ब्यक्तित्वहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । विकसित घटनाक्रम र परिस्थितिलाई संस्थागत गर्न जरुरी छ । राज्यबिहिन अवस्थाले अर्काे अनिष्ट र संकट निम्त्याउने अवस्था आउन सक्छ यस विषम अवस्थामा राष्ट्रियता, लोकतन्त्र र विधिको शासन स्थापित गर्न निकै संयमता र धैर्यताको खाचो रहेको छ ।
नेपाली कांग्रेस लोकतन्त्र, स्वतन्त्रता र जनसत्ताप्रति अविचलित रहँदै, Gen-Z आन्दोलनले उत्पन्न गरेको वर्तमान अवस्थाको गहिरो मूल्याङ्कन गर्दै संयमता, जिम्मेवारी र सचेतनाको बाटो समात्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछ । २०४६ र २०६२–०६३ को जनआन्दोलनको उपलब्धिको सम्मान र संरक्षण गर्दै नेपालको संविधान २०७२ को मर्यादामा रहेर अघि बढ्नु नै अहिलेको विकल्प र आवश्यकता हो भन्ने हाम्रो निष्कर्ष छ । साथै लोकतान्त्रिक आस्थामा विश्वास गर्ने सम्पूर्ण नेपालीलाई विचलित नभई लोकतान्त्रिक मूल्य र पद्धतिप्रति अडिग रहन आह्वान गर्दछौँ । जय नेपाल !
भीम बहादुर साउँद
सभापति
१३ चैत्र २०८२ (शुक्रबार)
समवेदना
२१ माघ २०८२ (मंगलवार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
६ मंसिर २०८२ (शुक्रबार)
समवेदना
१३ भाद्र २०८२ (शुक्रबार)
समवेदना
२६ श्रावण २०८२ (आईतवार)
समवेदना
११ असार २०८२ (बुधबार)
समवेदना
३ चैत्र २०८१ (सोमबार)
ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।
२५ मंसिर २०८१ (मंगलवार)
समवेदना
११ कार्तिक २०८१ (आईतवार)
समवेदना
३१ भाद्र २०८१ (सोमबार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
१ असार २०८१ (शुक्रबार)
समवेदना
२६ जेष्ठ २०८१ (शनिबार)
समवेदना
२३ जेष्ठ २०८१ (बुधबार)
समवेदना
२२ जेष्ठ २०८१ (मंगलवार)
समवेदना
१३ जेष्ठ २०८१ (आईतवार)
समवेदना
११ बैशाख २०८१ (मंगलवार)
समवेदना
२ चैत्र २०८० (शुक्रबार)
प्रेस विज्ञप्ति
२३ माघ २०८० (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
११ माघ २०८० (बिहीबार)
समवेदना
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना